
जाजरकोट। जाजरकोट प्रदेश सभा अन्तर्गत (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मतसहित निर्वाचित भएका हुन् । शाहले नेकपा एमालेका खिम बहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे । एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन् । शाह विशेषतः प्रतिनिधि सभामा अन्तिम पटक चुनाव लड्न चाहेका थिए । तर सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने वाध्यता भएपछि प्रदेशमा झरेका हुन् । शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए । शाह यसअघि दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन् । शाह निर्वाचित भएको (ख)मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।


दर्शन खबर । ७ मंसिर २०७९, बुधबार