काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी शोविता गौतम काठमाडौं २ बाट निर्वाचित भएकी छन्। गौतम १५ हजार १२९ मत पाउँदै विजयी भएकी हुन्। दोस्रो स्थानमा नेकपा एमालेका मणिराम फुयाल रहेका छन्। फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गरिन्। गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार ओनसरी घर्ती ९ हजार ४४७ मतसहित चौथो स्थानमा पुगेकी छन्।


दर्शन खबर । ७ मंसिर २०७९, बुधबार