रुकुम पश्चिम। प्रदेश सभाअन्तर्गत रुकुम पश्चिम (ख) को पहिलो चरणको मतपरीणाम सार्वजनिक भएको छ । जसअन्तर्गत नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई सुरुवाती अग्रता मिलेको छ । ८४७ मतगणना गर्दा शर्माले ४९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कर्णबहादुर धर्तीले ३०१ मत प्राप्त गरेका छन् । माओवादी नेता शर्मा कर्णालीको मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् ।


दर्शन खबर । ६ मंसिर २०७९, मंगलवार