सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ ३४ हजार २ सय ३० मत गणना गर्दा कांग्रेसले अझै पनि आफ्नो फराकिलो अग्रता कायमै राखेको छ । मंगलवार दिउँसो १ः०६ बजकोे अपडेट अनुसार कांग्रेसका हृदयराम थानीले १५ हजार ९ सय ८५ मत प्राप्त गरेका छन भने उहाका निकट्तम प्रतिद्धन्द्धी एमालेका अमृत विसीले १३ हजार १ सय ९४ मत प्राप्त गरेका छन । यस्तै राप्रापा (हलो) ले १ हजार १ सय ५८, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले १ हजार ८ सय १७, जसपा (छाता) ले १५८ , स्वतन्त्र (लाटोकोसेरो) ले २३, नेमकिपा (मादल) ले १२२ र स्वतन्त्र (तिर) ले १३५ मत प्राप्त गरेका छन् । यँहा १ हजार ६ सय १० मत बदर भएका छन ।


दर्शन खबर । ६ मंसिर २०७९, मंगलवार