बैशाख १७, २०७६
काठमाडौं–आर्थिक संकटग्रस्त जेट एयरले काठमाडौंको आफ्नो उडान बन्द गरेसँगै काठमाडौं दिल्लीको भाडामा अस्वाभाविक वृद्धि भएको छ । उपलब्ध सिट संख्याको तुलनामा माग अत्याधिक बढेपछि काठमाडौं दिल्ली उडान गर्ने हवाइ सेवा कम्पनीहरुले उडानभाडा तीन सय प्रतिशतसम्म वृद्धि गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
यसैबीच नेपाल वायुसेवा निगमको प्रवक्ताबाट क्याप्टेन विजय लामा हटाइएका छन् । क्याप्टेनका रुपमा उडान भर्ने व्यक्तिले प्रवक्ताको समेत जिम्मेवारी लिँदा प्रेसर पर्ने भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले लामालाई दुईमध्ये एकमात्र जिम्मेवारी दिन नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको थियो ।


दर्शन खबर । १७ बैशाख २०७६, मंगलवार