चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्वर ८ ब्रह्रमस्थान आधारभुत बिधालयको मतदान केन्द्रमा नेकपा विप्लबका कार्यकर्ताले मतपेटिका जलाएका छन् ।जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार १०,१२ जनाको समुहमा आएका ब्यक्तिले मतपेटिका जलाएर पर्खाल नागेर भागेका थिए । मतपेटिका जलाएपनि मत पत्र भने सुरक्षित रहेको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् । विप्लव नेकपाले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाइ फायर समेत गरेको थियो ।


दर्शन खबर । ४ मंसिर २०७९, आईतवार