सुर्खेतमा शान्तिपुर्ण रुपमा मतदान जारी (फोटो फिचर)

सुर्खेत। सुर्खेतका मतदान केन्द्रहरुमा शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । आज बिहानैदेखि मतदाताहरु मत खसाल्न लामबद्ध भएका छन । कति मतदाता पहिलो पटक मतदान गर्न पाउँदा खुसी भएको बताउछन् । सुर्खेतको वीरेन्द्रनगर, लेकवेशी, भेरीगंगा सहित जिल्लाभर मतदान विहानैदेखि शान्तिपुर्ण रुपमा भईरहेको भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुर्खेतमा एक सय ३९ वटा मतदान स्थल र २९३ मतदान केन्द्र छन् ।

दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई लाख ४३ हजार ६१४ मतदाता रहेका छन । सुर्खेत क्षेत्र नम्बर १ मा एक लाख २० हजार ९ सय ४० र क्षेत्र नम्बर २ मा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेका छन । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।


तपाईको प्रतिक्रिया