सिमकोट । हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत आपूर्ति ४६ दिनपछि सुचारु भएको छ। पहिरोले क्षति पुर्याएको नहरको मर्मत सकिएपछि विद्युत आपूर्ति सुचारु भएको हो। हल्दुम विद्युत वितरण केन्द्रका निमित्त प्रमुख सुशील कुमार थारुले आपूर्ति बन्द भएको डेढ महिनापछि विद्युत सेवा सुचारु भएको जानकारी दिए। वितरण केन्द्रको ट्यांकी र ओभरफ्लो नजिकै नहरमा पहिरोले क्षति पुर्याएपछि गत असोज १७ गतेदेखि विद्युत आपूर्ति बन्द भएको थियो। नहरको मर्मतपछि एउटा मेशिन सञ्चालमा ल्याएर दुई सय किलोवाट विद्युत उत्पादन सुरु भएको थारुले बताए। यससँगै सदरमुकाम सिमकोटका बासिन्दालाई सहज भएको छ।देशसंचार


दर्शन खबर । २ मंसिर २०७९, शुक्रबार