गठबन्धनलाई जिताई सुर्खेतको भविष्य कोर्नुहोस् : थानी (भिडियो सहित)

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हृदयराम थानीले तीन वर्षमै भेरीको पानी लिफ्ट गरेर जनताको घर घरमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनले बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा गरेको संयुक्त चुनावी आमसभामाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सुर्खेतको भविष्य बनाउने आफ्नो पहिले देखि नै सपना भएको बताएका छन । आफूले गरेको विकासमा अरूले गरेको भन्ने क्षमता कसरी आउँछ भनेर उनले प्रतिपक्ष दललाई प्रश्न गरे ? उनले जनताले रुख चिन्हमा मतदान गरी आफूलाई जिताएमा कोहलपुरको १३२ किभिए विद्युत प्रशारण लाइन छिट्टै सुर्खेतसम्म ल्याएर आँखा झिम्काउने विजुलीको अन्त्य गर्ने दाबी गरेका छन ।

उनले भने “आफुले जुन जुन प्रतिवद्धता सार्वजनिक गरेको छु । ति सबै प्रतिवद्धता निर्वाचित भएमा पुरा गरी पाँच वर्ष पछि जनताको घरमा हामी होईन, हाम्रो घरमा जनता आउँने बनाउने छु । अहिले सम्म वीरेन्द्रनगर नगरपालिकामा कसैको पनि आँखा गएको छैन । २०२९ सालदेखि नगरपालिका बनेको वीरेन्द्रनगरलाई म निर्वाचित भएमा उपमहानगरपालिका बनाउन रात दिन मेहनेत गर्ने छु ।” साथै उनले सुर्खेत जिल्लालाई नमुना जिल्लाको रुपमा घोषणा गर्ने आश्वासन दिएका छन् । उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई केन्द्र बनाई धार्मिक तथा पर्यटकीय सर्किट सञ्जाल बनाउने, सुर्खेत विमानस्थल समस्याको उपयुक्त निकास खोज्ने, पश्चिमका सबै पालिकामा विद्युतीकरण, कर्णाली प्रदेशका जिल्लामा हुने हवाई उडान सुर्खेत विमानस्थलबाटै गर्न व्यवस्था गर्ने, सुर्खेत उपत्यकाको डुवान समस्या समाधान गर्न ढल व्यवस्थापनसहितको परियोजना सञ्चालन गर्ने, बडिडचौर गुटुबेनीघाट सडकको स्तरोन्नति गर्ने जिकिर गरेका छन् । साथै वाम लोकतान्त्रिक गठबन्धनलाई जिताएर सुर्खेतको भविष्य कोर्न उनले आग्रह गरेका छन् ।

भिडियो हेर्नुहोस्।


तपाईको प्रतिक्रिया