कर्णाली प्रदेश स्तरीय छनौट : रुकुमले सुर्खेतलाइ ६५ रनले हरायो

सुर्खेत। मंसिर ६ गते काठमाण्डौँमा हुन लागेको वाईवाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लागि कर्णाली प्रदेश स्तरीय छनौट प्रतियोगिता सुर्खेतमा सञ्चालन भएको थियो । सुर्खेत जिल्ला क्रिकेट संघको आयोजनामा २७ गतेदेखि वीरेन्द्रनगरको कालिन्चोक क्रिकेट मैदानमा कर्णालीका ५ जिल्लाका यु–१९ खेलाडीलाई बोलाएर छनौट प्रतियोगिता सञ्चालन गरिएको थियो । सो प्रतियोगिता बुधवार सम्पन्न भएको छ। प्रतियोगिता अन्तरगत पहिलो खेलमा सुर्खेतले सल्यानमाथि ९० रनको रोमाञ्चक जित निकालेको थियो । दोस्रो खेलमा दैलेखले रुकुम पश्चिमलाई ७ विकेटले हराएर आफ्नो विजयी सुरुवात गरेको थियोे । तेस्रो खेलमा दैलेखले कालिकोटलाई ८ विकेटले हराएको थियो ।

यस्तै मंगलवार भएको पहिलो सेमिफाईनलमा रुकुम र सल्यान बिच भएको खेलमा रुकुम ८ विकेटले विजयी भएको थियो भने मंगलवार नै भएको अर्काे दोस्रो सेमिफाइनल खेलमा सुर्खेत ७७ रनले विजयी भएको थियो । बुधवार रुकुम र सुर्खेत बिच भएको अन्तिम फाईनल खेलमा रुकुम ६५ रनले विजयी भएको छ । यु १९ रुकुमले यु १९ सुर्खेतलाई ६५ रनले हराएको जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर के सी ले जानकारी दिए । टस जितेर पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको यु १९ रुकुमले २८.३ ओभरमा आफ्नो १० विकेट गुमाई १४.२ रन बनाउन सफल भएको थियो । जसमा यु १९ रुकुमका अर्जुन घर्तीले ५९ रन र कृतिप्रकास सुनारले १९ रन बनाउन सफल भएका थिए । त्यसैगरी बलिङ्ग तर्फ यु १९ सुर्खेतका बिबेक शर्माले ५ विकेट र युवराज पंगालीले ३ विकेट लिन सफल भएका थिए ।

जवाफमा १४३ रनको लक्ष्य लिएर मैदानमा उत्रेको यु १९ सुर्खेतले १४ ओभरमा आफ्नो १० विकेट गुमाई ७७ रन बनाउन सफल भएको थियो ।  जसमा ब्याटिङ्गको नमुना प्रस्तुत गर्दै यु १९ सुर्खेतका सुवास अयरले १९ रन र विपिन रावलले १८ रन जोड्न सफल भएका थिए । त्यसैगरी बलिङ्ग तर्फ यु १९ रुकुमका युनिश बहादुर सिङले ७ विकेट र अनुज चुनाराले ४ विकेट लिन सफल भएका थिए । सो खेलमा यु १९ रुकुमका युनिश विक्रम सिँहले ५ र ६ विकेटको मदतले म्यान अफ द म्याच घोषित भएको संघका अध्यक्ष के सी ले जानकारी दिए । अब एक दुई दिनमा उत्कृष्ट खेलाडि घोषणा गरिने छ । उत्कृष्ट खेलाडि मंसिर ६ गते काठमाण्डौँमा हुन लागेको वाईवाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागि हुने छन् ।



तपाईको प्रतिक्रिया