नबिल बैंक कोहलपुर शाखामा आगलागी

कोहलपुर।  नबिल बैंक कोहलपुर शाखामा आगलागी भएको छ। शाखा रहेको घरमा विहान ५ बजेतिर विद्युत सट भएर आगलागी भएको हो । आगलागीबाट बैंकका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बुधबार विहान आगलागी भएको हो । डिएसपी ऐनबहादुर मल्लले आगलागीबाट भौतिक क्षेती भएपनि मानवीय क्षति नभएको बताए । उनका अनुसार महत्वपूर्ण कागजातका साथै कम्प्युटर र फर्निचर जलेका छन् । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।



तपाईको प्रतिक्रिया