सुर्खेत सहित धेरै ठाउँको न्यूनतम तापक्रम घट्दै

सुर्खेत। देशभर यति बेला जाडो बढ्दै गएको छ । जाडो बढेसँगै न्यूनतम र अधिकतम तापक्रम पनि घट्न थालेको छ । सुर्खेत सहित धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढेसँगै रातको समयमा आकाश सफा भएकाले पनि बिहानको न्यूनतम तापक्रम घटेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । आज दिउँसो भने देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । पारिलो घामका कारण दिउँसोको समयमा खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढेको छ । यस्तै, हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो हावा चल्न थालेकाले पनि चिसो बढाएको छ ।


तपाईको प्रतिक्रिया