काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गर्नुभएको हो । राष्ट्रपतिले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको थियो । विश्वका महिला राजनीतिज्ञको सञ्जालले गत बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको थियो । राष्ट्रपति भण्डारी भ्रमणका क्रममा विभिन्न देशका राजनीतिक व्याक्तित्वहरुसँग भेटवार्ता पनि गर्नुभएको थियो । भण्डारी गत सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।


दर्शन खबर । २६ कार्तिक २०७९, शनिबार