भेरी किनारामा युवकको ‘शव’ भेटियो -पहिचान गर्न समस्या

सुर्खेत ।
पुर्वि सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्वर ३ को मास्तरा नजिकै भेरी नदिले बगाएर ल्याएको अवस्थामा एक युवको शव फेला परेको छ । पहिचान नखुलेका अन्दाजी २२-२३ बर्ष उमेरका युवकको शव भेरी नदि किनारामा फेला परेको ईलाका प्रहरी कार्यालय बादेपिपलका ईन्चार्ज प्रहरी निरिक्षक श्यामजंङ्ग शाहले जानकारी दिए ।
भेरी नदिले बगाएर ल्याएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘शरिरमा कपडा नै छैन अनुहार हेरेर पहिचान गर्न सकिने अवस्था छैन दुवै खुट्टाको साईली औला छोटो छ ’ उनले भने । अहिले उनको शव पोष्टमार्टमका लागि मेहेलकुना अस्पतालमा ल्याईएको उनले जानकारी दिए ।


तपाईको प्रतिक्रिया