एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनु छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा सरदरभन्दा बढी मतान्तरले जित्नपर्ने बताउनुभएको छ । साथै गोरखाले बलियो सन्देश दिएर सरकार बनाउन जानपर्ने प्रचण्डले बताउनुभयो ।गोरखाको सिरानचोक–८ जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सामान्य मतले जितेर नपुग्ने बताउँदै उहाँले एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनेपर्ने कुरामा जोड दिनुभयो । गोरखामा विकास निर्माणको काम गरेर सिंगो देशलाई नै देखाउने अभियानमा आफू रहेको प्रचण्डले बताउनुभयो ।
उहाँले कांग्रेस र माओवादी आमने सामने भएकै कारण मिलेको पनि बताउनुभयो । विकास र गतिबीचको सम्बन्ध उल्लेख गर्दै प्रचण्डले कांग्रेस र माओवादी मिलेकै कारण संघीय गणतन्त्र स्थापना भएको उल्लेख गर्नुभयो ।आगामी मंसिर ४ गते जनमत संग्रह हुँदै गरेको पनि प्रचण्डको भनाइ छ ।

तपाईको प्रतिक्रिया