काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेको सरकार बनाउने दाबी गरेका छन् । बिहिवार झापामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । उनले एमालेको सरकार आएपछि घोषणा पत्रमा उल्लेखित २० वटा ग्यारेन्टीलाई पूरा गर्ने संकल्प गरे । ओलीले नेकपा एमालेले नौ महिनाको अवधिमा सुकुम्वासी समस्या समाधान गर्ने आधार तय गरेको दाबी गरे। सरकार परिर्वतन गराइएको र उक्त अवधिमा भएका कामहरु पूरा गर्न नपाएको उनले गुनासोसमेत गरे ।


दर्शन खबर । २४ कार्तिक २०७९, बिहीबार