टी २० विश्वकप : पाकिस्तान फाइनलमा

एजेन्सी । आइसीसी टी २० विश्वकपमा पाकिस्तान फाइनलमा प्रवेश गरेको छ । बुधबार सिड्नी क्रिकेट मैदानमा भएको सेमिफाइनलको पहिलो खेलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानलाई जित दिलाउन मोहम्मद रिजवान र बाबर आजम अर्धशत प्रहार गरे । रिजवानले ४३ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ५७ रन बनाउँदा आजमले ४२ बलमा ७ चौकासहित ५३ रन जोडे । त्यस्तै युवा ब्याटर मोहम्मद हरिसले २६ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाउँदै क्याच आउट भए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । न्युजिल्यान्डका डर्याल मिचेले सर्वाधिक ५३ रन, केन विलियम्सनले ४६, जेम्श निसमले १६ रन र लिने धनुले २१ रन जोडेका थिए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले २ विकेट र मोहम्मद नवाजले १ विकेट लिएका थिए । बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेतासँग पाकिस्ताले आइतबार फाइनलमा खेल्नेछ ।

तपाईको प्रतिक्रिया