चुच्चे नक्सा मैले बनाएको हो, ओलीले होइनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेट्न आफूले पहल गरेको दावी गरेका छन् । उनले आफ्नै कारणले नेपालको चुच्चे नक्सा बनेको दावी गरेको हुन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुग्नुभएका अध्यक्ष प्रचण्डले यस्तो बताएको हुन्।

उनले भने ओलीले आफूले चुच्चे नक्सा बनाए भनेर हल्ला फिजाए। त्यो झुटो हो। मेरै पहलमा चुच्चे नक्सा बनेको हो। उनले चुनाव जित्न नभइ नेकपा एमालेका अध्यक्ष केपी ओलीको दम्भ रोक्न गठबन्धन गरेको बताएका छन ।


तपाईको प्रतिक्रिया