वीरेन्द्रनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी संचालन


सुर्खेत । वीरेन्द्रनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी संचालन गरिएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा एकदिने गोष्ठी संचालन हो । गोष्ठीमा १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको शान्ति सुरक्षालगायत समग्र विवरण प्रस्तुत गरेका छन् । कर्णालीको विपद् र विशेषगरी निर्वाचन सुरक्षामा आउने चुनौतीका विषयमा रहेर छलफल केन्द्रित भएको छ । समग्र प्रदेशको अवस्थाको विवरण राख्ने र शान्ति सुरक्षाका हिसाबले के कस्ता चुनौती छन् भन्नेबारे कार्यपत्र प्रस्तुत गरिएको छ ।गोष्ठीमा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव गोपीकृष्ण खनाल, नेपाली सेना बलाधिकृत विभागका रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय र आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखद्वय फणिन्द्रमणि पोखरेल र शिवराम पोखरेललगायत कर्णाली प्रदेशका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको कानुन मन्त्रालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया