ड्रागन खेतीबाट मनग्य आम्दानी गर्दै लेकवेशीका नवीन विक


सुर्खेत । पछिल्लो समय पोषिलो फलफूलभित्र पर्ने सिउँडी प्रजातिको ड्रागन फ्रुटको व्यावसायिक खेती बढ्दो छ । सिँचाइ सुविधा कम भएको रुखो जमिनमा पनि ड्रागन फ्रुटको बिरुवा सहजै हुर्कने र उत्पादनसमेत राम्रो हुने भएकाले पछिल्लो समय ग्रामीण तथा सहरी क्षेत्रका किसानहरू यस खेतीतर्फ आर्कषित भइरहेका छन् । सुर्खेतको लेकवेशी नगरपालिका ९ चौरासेका नविन विक ले पनि करिव एक वर्षदेखि शुभकामना कृषि तथा पशुपन्छी फर्म सुरु गरी ड्रागन खेती गदेृ आएका छन् । गरे के हुँदैन भन्ने उदारहण बनेका छन्, नविन विक । पहिले नेपाली सेनामा कार्यरत रहेका विक सेनाबाट अवकास पाएर करिव एक वर्षदेखि ड्रागन फ्रुटखेति गर्दै आएका छन् । विकले सुरुमा करीब १२ लाख लगानी गरी ड्रागन फ्रुटखेति गरेका हुन् । उनलाई विक्रीको लागि अहिले बजारीकरण व्यवस्थापनको समस्या परेको छ । अनलाईन मार्फत देखि विक्री वितरण गरी राम्रो आम्दानी गर्न सफल भएको विक बताउछन् । राज्यले मल, प्राविधिकहरुको सहयोग तथा बजारीकरणको व्यवस्थापन गरेको भए हामीले अझैँ राम्रो आम्दानी गर्न सकिने विकले बताए ।


दुई पटक मन्त्री बनेका लोकेन्द्र बिष्ट मगरले दाङको बिजौरामा ड्रागन फलको व्यावसायिक खेती गरेको देखेपछी प्रभावित भएर मैल ड्रागन खेती सुरु गरेका विकको भनाई रहेको छ । सुरुमा त यो खेतिमा लाग्न धेरै गाह्रो भएको र बाहिरी मान्छेले पनि कसैले नदेखेको फल यो के गर्न लागेको होला पनि भने तर अहिले सबैले मेरो ड्रागन खेति देखेर बिरुवा दिन अनुरोध गर्ने गरेको र अहिले उनको ड्रागन फ्रुटखेति देखेर अरु पनि ड्रागन फ्रुटखेति गर्न थालेको उनी बताएँछन् । सुरुमा लगानी गर्दा धेरै गाह्रो भएपनि अहिले आफ्नो व्यवसायदेखि सन्तुष्ट रहेको विक बताउछन् । यसको खेती गर्न र स्याहार सुसारमा पनि त्यति असहज नभएको उनको भनाइ छ । ड्रागन फ्रुट एकपटक लगाएपछि लगातार १५ वर्षसम्म फल दिने गर्दछ । यसरी उत्पादन गरेको ड्रागन फ्रुट प्रति केजी ८ सय रुपैयाँ देखिमाथि अनलाइन मार्फत बिक्री हुने गरेको विकले बताए ।


ड्रागन फ्रुट खेती समुद्री सतहदेखि करिव ३ हजार फिटको उचाइसम्मको हावापानी र जस्तोसुकै माटोमा पनि सहजै फलाउन सकिन्छ । कम सिचाईमा लगाउन सकिने भएकाले जमिनमा सहज रुपले यो खेती गर्न सकिने विकको भनाई छ । ड्रागन फलबाट जुस, केक तथा औषधीयुक्त गुण भएकोले स्वास्थ्यका लागि निकै लाभदायक हुने मानिएको छ । यसको वैज्ञानिक नाम हाइलोसेरुस अन्डटुसु हो । यसलाई ड्रागन फल नामको अलवा मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेरा आदी नामले चिनिन्छ । सिउडी प्रजाति भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक नपर्ने किसानहरु बताउछन् । नेपालमा यसको खेतीयोग्य वातावरणले गर्दा ड्रागन फलप्रति किसानहरु दिनानुदिन आकर्षित भइरहेका छन् ।

तपाईको प्रतिक्रिया