कैलाली। कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ । बा ५ ख ५८७२ नम्बरको बसबाट खसेर बसका साहु लम्कीचुहा १ बस्ने ४४ वर्षीय विष्णु देवकोटाको मृत्यु भएको छ । टीकापुरबाट धनगढी जाँदै गरेको बसबाट खसेका देवकोटाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


दर्शन खबर । २१ कार्तिक २०७९, सोमबार