भ्वाइस अफ नेपालबाट ‘काउली बुढी’को बिदाई

काठमाडौँ। दोस्रो सिरिजको अडिसन राउण्डमा ‘फूलको थुङगा’बोलको गीत गाएर दर्शकको मन जितेकी थिइन्। यो सिजनमा उनी टप २० बाट बाहिरिएकी थिइन। उनै सन्ध्या शनिबार भएको भ्वाइस अफ नेपालको चौथो सिरिजको ब्याटल राउण्डबाट बाहिरिएकी हुन्। सन्ध्याले टिम प्रविशाको टिमबाट ‘नाच फिरिरि’बोलको गीत गाएकी थिइन्। उनीसँगै प्रविशाकै टिमका मिङसोहाङ केरुङ लिम्बूले गीत गाएका थिए। कोचको कुर्सीमा रहेका राजु लामा र राजेपायल राईले सन्ध्यालाई अघिल्लो राउण्डमा लैजान सुझाव दिएका थिए। प्रमोद खरेलले भने मिङसोहाङलाई अगाडि बढाउन सुझाव दिए। प्रविशाले दुबैले आफूले सोचेको भन्दा कमजोर प्रसतुती दिएको बताएकी थिईन्। प्रविशाले मिङसोहाङलाई अगाडि बढाउँदा आफ्नो टिम बलियो हुने बताउँदै उनलाई छनोट गर्दै मिङसोहाङलाई नकआउट राउण्डमा प्रवेश गराईन्।

शो बाट बाहिरिएकी सन्ध्यालाई राजेश पायल राईले उनलाई एउटा गीत गाउन अवसर दिने बताएका छन्। यसैगरी कोच प्रमोदले आफ्नो टिमका सरोज थापा मगरलाई बिदाई गरेका छन्। प्रमोदकै टिमबाट थापासँग गीत गाएका प्रथमहाङ सुब्बा अघिल्लो राउण्डमा प्रवेश गरेका छन्। कोच राजेशपायल राईको टिमबाट चन्द्रबिर कार्कीले नकआउट चरणमा प्रवेश गरेका छन्। उनीसँगै राजेशको टिमबाट गीत गाएका मनिष सुब्बा बाहिरिएका छन्। कोच राजु लामाको टिमबाट नितु पुन र करण राईले गीत गाएका थिए। यो टिमबाट तिनु पुन बाहिरिदा करण राईले नकआउट चरणमा प्रवेश गरेका छन्।नेपालखबर


तपाईको प्रतिक्रिया