आज केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ । देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार सोमवार आईतवार को जस्तो घाम लाग्ने सम्भावना छैन । घाम लाग्ने र फेरि बदली हुने क्रम आज दिनभरि चल्ने उनले बताइन् । मंगलवारको मौसम भने आजको भन्दा सफा हुनेछ । तर, बुधवार फेरि बदली हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन् । बुधवार पश्चिमी क्षेत्रका केही पहाडी क्षेत्रमा पानी पर्ने अनुमान समेत गरिएकोे उनले बताइन् ।
आज पनि पहाडी जिल्लाका एक दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्को अनुमान छ । मौसम बदली भएकाले चिसो बढेको छ । न्यूनतम तापक्रम नघटे पनि राम्ररी घाम नलाग्दा अधिकतम तापक्रम घट्ने भएकाले चिसो बढेको हो ।

 


तपाईको प्रतिक्रिया