जुनसुकै मूल्य चुकाउन परेपनि मतपेटिका साट्न दिइँदैन : थपलिया दिनेशकुमार

काठमाण्डौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आइतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँगको सामूहिक छलफलमा आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको बताए । सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा आयोगको मतपत्र हुनै नसक्ने थपलियाको भनाइ छ ।

मैले करिब ४० वर्षदेखि सार्वजनिक क्षेत्रमा काम गर्दै आएको छु । मेरो अनुभवले अहिले आएर हेर्दा यो मतपेटिका कसरी साटिँदो रहेछ भन्ने तरिका जान्दै नजानिकन मेरो यो पद सकिन्छ कि भन्ने मलाई डर छ । म यसलाई प्रष्ट पारौँ । मतदान कसरी सम्पन्न हुन्छ भन्ने बारेमा मैले भन्नैपर्ने हुन्छ । मटपेटिका कसरी साटिन्छ आखिर हिजो त भए छ नि । मैले त्यो दिव्यज्ञान प्राप्त गर्न सके भने त्यस्तो हुन नदिने कुराको ग्यारेन्टी गर्छु, जुनसुकै मूल्य चुकाउन परोस्, उनले भने  निर्वाचन आयोगले निर्वाचनमा करिव १० हजार पर्यवेक्षकहरू परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तिमा एकजना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताए ।

तपाईको प्रतिक्रिया