‘फ्रि भिजा फ्रि टिकट’ भन्दै लोभ देखाउनु अपराध हो : रवि लामिछाने (भिडियो)

सुर्खेत । विदेशमा रहेका नेपालीहरुलाई लास होइन सास सहित नेपालमा ल्याउने अभियानमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले बताएका छन् । आईतवार सुर्खेतमा आयोजना गरिएको चुनावी कोण सभा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । आफुहरु राजनितिमा आउनु कुनै रहर, खानका लागि कमाउनका लागि नभई नेपालमा भईरहेको भ्रष्टाचार, अत्याचार, तथा युवाहरुलाई नेपालमै रोजगार दिनका लागि चुनावी मैदानमा होमिएको बताएका छन् । उनले राजनितिक दलका उम्मेदवारले ‘फ्रि भिजा फ्रि टिकट’ भन्दै लोभ देखाउनु अपराध भएको बताएका छन् ।

आफुले अहिलेसम्म स्वदेशमा नै उत्पादन भएका पोसाकहरु लगाएको बताउँदै निर्वाचित भएमा स्वदेशी उत्पादनलाई टेवा दिने र देशमा ओरालो लागेको अर्थतन्त्रलाई रोक्ने प्रमुख एजेण्डा भएको बताए । नेपालमा भईरहेका काण्डहरुको पर्दाफास गर्ने लिखित प्रतिवद्धता गरेको बताउँदै लामिछानेले उक्त प्रतिवद्धतालाई कार्यान्वयन गरी देखाउने जिकिर गरे । उनले यस पटक स्वतन्त्र पार्टी निर्वाचित भएमा बाचापत्रमा सबै प्रष्ट उल्लेख गरेको र सोही बमोजिम काम गर्न नसके जनताको माझमा फेरी फर्केर मत माग्न नआउने बताए ।

 भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया