गठबन्धनलाई विजयी गराउनुस्, पश्चिम सुर्खेतको विकासले फड्को मार्छः थानी


सुर्खेत । नेपाली काग्रेसका नेता एवम् सुर्खेत निर्वाचन क्षेत्र न २ का उम्मेदवार हृदयराम थानीले पश्चिम क्षेत्रको उल्लेखिय विकास गर्ने बताएका छन् । चुनावी अभियान अन्तरगत पश्चिम सुर्खेतका विभिन्न क्षेत्रमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेता थानीले बड्डीचौर गुटु बेनीघाट सडक स्तरोन्नति, पश्चिमका सबैं पालिकामा विद्युतीकरण, चौकुने गुटु र लखरपाटा सिमेन्ट उद्योग स्थापना गर्न पहल गर्ने बताएका छन् । पश्मि सुर्खेतको समग्र विकासका लागी गठबन्धनको सरकार आवश्यक रहेको बताउँदै नेता थानील वीरेन्द्रनगरमा खानेपानी योजना, फोरलेन सड़क, चक्रपथ र ऐतिहासिक काँक्रेविहारको पुननिर्माण जस्ता विकासका कामहरु गरेको भन्दै जनताले विजयी गराएको खण्डमा अब पश्चिम सुर्खेतमा विकासको मूल फुटाउने दाबी गरे । पश्चिम सुर्खेतका नागरिकको सहज उपचार सेवाका लागि हालको सालकोट अस्पताललाई स्तरोन्नति गर्ने, सबै सडकहरुको स्तरोन्नति, विद्युत, खानेपानी र शिक्षा क्षेत्रको सुधार्न लागि अहोरात्र खटिने बताए ।
गठबन्धनका उम्मेद्वारलाई विजय गराएको खण्डमा पश्चिम क्षेत्रको पूर्वाधार विकासमा ठूलो फड्को मार्ने बताए । गठबन्धनका उम्मेद्वार विन्दमान विष्टलाई विजय गराए उनले सरकारको नेतृत्व गर्ने वा मन्त्री हुने निश्चित भएको भन्दै उनले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । नेता थानीले यस क्षेत्रबाट आफूले प्रतिनिधित्व गरे यहाँको सडकलाई कालोपत्रे गराउने र पश्चिमका सबै गाउँमा विद्युत विस्तार गर्ने बताए ।


तपाईको प्रतिक्रिया