मानसिक स्वास्थ्य समस्या जटिलता तर्फ,न्युनिकरणका लागि सिएमसिले पहलकदमि

दुर्गा विसि सल्यान। मानसिक स्वास्थ्य स्वालम्वन समुह बनगाड कुपिण्डे नगरपालिका वडा नं १ सल्यानमा सिएमसी नेपालको टिमले अनुगमन गरिएको छ । वडा १ को अम्रा कलस्टर र वडा ५ को च्युरा लगाएतका क्षेत्रमा अनुगमन गरिएको छ । मानसिक स्वास्थ्यबाट प्रभावित क्षेत्रमा विशेष रुपले काम गरिरहेको जनाएको छ । यो क्षेत्रमा हालसम्म ८५ जनाले सो मानसिक समस्या सम्बन्धि औसधि प्रयोग गरिरहेको जनाएको छ । यो संस्थाकै कारण आफुहरुको जीवन यापनमा सहजिकरण भएको अम्राका मानसिक स्वास्थ्य स्वालम्वन समुहमा आबद्द महिलाहरुको भनाइ रहेको छ। मानसिक स्वास्थ्य सम्बन्धि औषधि सेवन कर्ताहरुले यो कार्यक्रम पश्चात् आफुहरुलाइ निकै सहज भएको वताएका थिए । उक्त परियोजनाले हालसम्म गरेका उपलब्धि,सिकाइ आगामी दिनका वारेमा चुनौतीका विषयमा छलफल गरिएको छ ।विगतमा कार्यक्रम रोकिए पछि औषधिमा समस्या भएको समेत जनाएको छ ।

संस्थाले मानसिक स्वास्थ सम्बन्धि औसधि निशुल्क रुपमम दिदै आएको छ ।अनुगमनसँगै संस्थाले समिक्षात्माक बैठक समेत आयोजना गरिएको थियोे ।बनगाड कुपिण्डे नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धि नीति नियम वनाइ कार्यनयनमा जान जोड दिएको छ ।अनुगमन पश्चात् सरोकारवाहरुको समिक्षात्माक बैठकमा रामलाल श्रेष्ठ सिएमसी नेपालका निर्देश,हिमाल शर्मा प्रादेशिक कार्यालय प्रमुख,अन्नत चौधरी कार्यक्रम अधिकृत,डाक्टर पुर्ण शर्मा प्रदेश अस्पताल,करुणा भट्टराई वरिष्ठ जनस्वास्थ्य अधिकृत,प्रतीक्षा रावल आपूर्ति व्यवस्था विभागको टिमले अनसगमसँगै आफ्नो तर्फबाट मनोसामाजिक क्षेत्रमा परिरहेको समस्या,अवस्था र निराकरणका विषयमा प्रष्ट पारेका थिए । त्यसै गरि कार्यक्रम अध्यक्षताका रुपमा उप प्रमुख पुरुषोतम आचार्य, वडा अध्यक्ष गणेश विसि,धनवहादुर पुन,मानवहादुर खत्रीले मानसिक स्वास्थ्य एउटा पछिल्लो चरणमा अन्य रोग समस्या जस्तै यसलाई पनि गम्भीर रुपमा लिएको जनाए ।नगरपालिकाका गर्ने काम र संस्थासँगको साझेदारीमा कामसँगै सहयोगको भुमिका निभाउने कुरामा प्रतिवद्ता जनाए ।सो कार्यक्रम जनप्रतिनिधि,विभिन्न शाखा प्रमुख,संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सिएमसी नेपाल सल्यानका प्रतिनिधि दोर्न यरिले जानकारी दिनु भएको छ ।


तपाईको प्रतिक्रिया