निहारिका राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिल्यो

काठमाडौं । निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरले जनाएको छ। उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको बताए । उनका अनुसार छोराको डीएनए श्रेष्ठसँग ९९.९९९ प्रतिशत मिलको छ । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो । राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।


तपाईको प्रतिक्रिया