बाबियाचौरबाट चितुवाको छाला सहित एक जना पक्राउ

सुर्खेत । पञ्चपुरी नगरपालिकाको बाबियाचौरबाट चितुवाको छाला सहित एक जना पक्राउ परेका छन् । बिहीबार साँझ साँढे ५ बजेको समयमा बाबियाचौरको नौलो होटलबाट जाजरकोट बारेकोट गाउँपालिका ३ रोकाय गाउँका ५२ बर्षिय कर्ण बहादुर रोकाय पक्राउ परेका हुन् । उनको साथबाट ६ दशमलव ६ फिट लम्बाइ भएको बन्यजन्तु चितुवाको छाला सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ । पक्राउ परेका रोकायलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालयमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया