प्रदर्शनकारीमाथि गोली प्रहार‚ इमरान खान घाइते

इस्लामाबाद। प्रदर्शन गर्दै इस्लामाबादतर्फ अघि बढेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गुजरानवालाको अल्लावाला चोकमा आक्रमण हुँदा घाइते भएका छन्। समर्थकलाई सम्बोधन गर्ने क्रममा इमरनमाथि एक व्यक्तिले आफ्नो कन्टेनरमा गोली चलाएका थिए। बन्दुकको आवाजले र्‍यालीमा हलचल मच्चियो र कैयौं घाइते भए। आक्रमणकारीले कन्टेनरको तल्लो भागबाट गोली चलाएको हुनाले खान लगायतका नेताका गोडामा गोली लागेको थियो। ती व्यक्तिले धेरै गोली प्रहार गरेका थिए। खबरअनुसार इमरान खानको गोडामा गोली लागेपछि उनलाई बुलेटप्रुफ कारमा अस्पताल लगिएको थियो।

हाल आक्रमणकारी पक्राउ परेका छन्। पाकिस्तानी समाचार वेबसाइट जियो न्यूजका प्रत्यक्षदर्शीहरूले आक्रमणकारीले इमरानको समूहलाई पर्खिरहेको जानकारी दिए।  आक्रमणकारी कन्टेनरको धेरै नजिक थिए। कन्टेनर नजिक आइपुग्दा उनले इमरान खान र त्यसमाथि उभिरहेका उनका पार्टीका नेताहरूलाई आक्रमण गरे। तलबाट भएको आक्रमणका कारण कन्टेनरका माथि उभिएका नेताहरूको गोडामा गोली लागेको थियो। इमरानलाई कन्टेनरबाट निकाल्दा उनको गोडामा पट्टी लगाइएको थियो। जियो न्यूजका आक्रमणबाट फवाद चौधरी र फैसल जावेद पनि घाइते भएका छन् ।

सरकारविरोधी लङ मार्चको नेतृत्व गरी राजधानी इस्लामाबादतर्फ गइरहेका पीटीआई अध्यक्ष इमरान खानले चुनावको मिति घोषणा नभएसम्म १० महिनासम्म आन्दोलन जारी रहने बताएका छन्। नोभेम्बर ४ तारिखसम्म इस्लामाबाद पुग्ने योजना रहेको थियो। पछि ११ नोभेम्बरसम्म इस्लामाबाद पुग्ने बताइएको थियो।  सहभागीलाई सम्बोधन गर्दै खानले भने, ‘चुनावको मिति घोषणा नभएसम्म हाम्रो आन्दोलन आगामी १० महिनासम्म जारी रहनेछ। हामी यी चोरलाई कहिल्यै स्वीकार गर्दैनौं। उनले ‘चोर’को दास बन्नुभन्दा मर्नु नै राम्रो भएको बताए। यो वर्षको शुरुमा अविश्वासको प्रस्तावमार्फत पदच्युत भएपछि पीटीआई अध्यक्ष इमरानको इस्लामाबादतर्फको यो दोस्रो पदयात्रा हो।थाहा खबर


तपाईको प्रतिक्रिया