जाजरकोटमा सीसीटीभी क्यामरा तोडफोड गर्ने दुई जना पक्राउ

जाजरकोट जाजरकोटको खलंगामा सीसीटीभी क्यामरा तोडफोड गर्ने दुईजना युवक पक्राउ परेका छन । भेरी नगरपालिका वडा नम्बर ४ का सुदीप खड्का र मदनराज शाहीलाई प्रहरीले पक्राउ गरेको हो । भेरी नगरपालिका ४ रानागाउँस्थित सार्वजनिक बाटोमा राखिएको सीसीटीभी क्यामरा यहि कात्तिक ३ गते राति १०ः ४५ को समयमा तोडफोड गरेर भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीले तोडफोडमा संलग्न कुशे २ घर भई हाल भेरी नगरपालिका ४ रानागाउ बस्दैँ आएका भरत बुढा फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्का र शाहलाई जिल्ला अदालतले सात दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए । फरार रहेका बुढाको खोजी भने भइरहेकोे उपरीक्षक निरौलाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया