
शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वको सहजै आपूर्ति गर्नका लागि फलफूल तथा सागपातको सेवन गर्नुपर्छ । प्रत्येक मौसममा कुनै न कुनै फलफूल पाइनै रहेका हुन्छन्। जसले शरीरलाई निकै फाइदा पुगाइरहेका हुन्छन् ।
यस्तै फल मध्ये गाजर पनि एक हो । गाजर थुप्रै प्रकारका बिरामीले सेवन गर्नमिल्ने फल हो । अध्ययनका अनुसार डायबिटिज, मुटु रोगी र आँखामा समस्या भएकाहरूले यसको सेवन गर्न सक्छन् ।
स्वास्थ्यकर्मीहरूले नियमित गाजरको सेवन गर्दा स्वास्थ्यमा थुप्रै सकारात्मक परिवर्तन हुने बताएका छन्। गाजरमा फाइबर, भिटामिन ए, भिटामिन सी र पोटासियम जस्ता थुप्रै महत्त्वपूर्ण पोषक तत्त्व पाइन्छन्। आँखालाई स्वास्थ्य तथा गम्भीर क्रोनिक बिरामीबाट बचाउनका लागि गाजर लाभदायक हुन्छ ।
गाजरको रसले क्यारोटिनाइड पिगमेन्ट ल्यूटिन र जेकस्यान्थिन पनि पाइन्छ । जसले शरीरमा एन्टीअक्सिडेन्टका रूपमा काम गर्छ । एन्टीअक्सिडेन्टको सेवन थुप्रै गम्भीर रोगलाई कम गर्न सहयोग गर्छ ।
दुई सय ग्राम गाजरको जुसले दैनिक भिटामिन ए को आवश्यकता पुरा गर्छ । आँखालाई स्वस्थ राख्नका लागि भिटामिन ए निकै आवश्यक मानिन्छ ।
गाजरको जसले मानिसको इम्युन सिस्टमलाई पनि बुस्ट गर्छ । यसमा पाइने भिटामिन ए र सी दुवैले एन्टीअक्सिडेन्टका रूपमा काम गर्छन् । जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन्। यसका साथै यसमा भिटामिन(बी ६ पनि पाइन्छ । यसले पनि शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
गाजरको सेवनले रक्तकोशिकाको संख्यामा पनि वृद्धि हुन्छ । गाजरमा एन्टीइन्फ्लामेटरी गुण पनि पाइन्छ । जो मधुमेह रोगीका लागि लाभदायक हुन्छ ।
गाजरमा हुने पोषक तत्त्वले स्वस्थ राख्नका लागि पनि विशेष भूमिका खेल्दछ । अध्ययनका अनुसार एक कप ९२३६ ग्राम० गाजरको जुसले भिटामिन सीको दैनिक २० प्रतिशत आवश्यकतालाई पूर्ति गर्छ । ( अमर उजालाबाट)


दर्शन खबर । १७ कार्तिक २०७९, बिहीबार