चिङ्गाडको ठाँटी मेला : पुरुष भलिवलको प्रथम पुरस्कार एक लाख

कुलेन्द्र शाही सुर्खेत। सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ३ र ४ को मटेला बजारमा पुर्णिमाको दिनमा परम्परागत रूपमा लाग्दै आइरहेकोे ठाँटी मेला यस बर्ष पनि लाग्ने भएको छ। ठाँटी बजार व्यवस्थापन समितिले एक सूचना जारी गर्दै मेला कात्तिक २२ गते बाट सञ्चालन हुने जनाएको छ । मेला विभिन्न खेलकुद तथा लोकसंस्कृतिक कार्यक्रमको प्रस्तुती सहित सञ्चालन हुने छ । मेलामा खुल्ला पुरुष भलिवल प्रतियोगिता पनि हुने छ । आयोजक ठाँटी बजार व्यवस्थापन समितिका अध्यक्ष महेश जिसीका अनुसार भलिबलतर्फ प्रथम हुनेलाई १ लाख , दोस्रो पुरुस्कार ७० हजार र तेस्रो पुरुस्कार ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

दर्ता शुल्क ५ हजार रहेको छ भने टीम दर्ता कात्तिक २३ गते बिहान ८ बजेसम्म गरिसक्नु पर्ने  छ । उनका अनुसार खेलमा सहभागी हुने खेलाडी टिमले खाना बस्नको व्यवस्था स्वयम् आफैले गर्नु पर्ने छ । साथै टीम दर्ता गर्दा खेलाडीले आफ्नो परिचय खुल्ने कुनै पनि प्रमाण पत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने सूचनामा भनिएकोे छ । मेलामा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने छ । मेला कात्तिक २६ गते सम्पन्न हुने छ ।


तपाईको प्रतिक्रिया