जाजरकोट। जाजरकोटमा दुई हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमका टावरले काम नगर्दा जाजरकोटको पूर्वी क्षेत्रमा फोन गर्न समेत समस्या भएको स्थानियले बताएका छन् । रुकुम पश्चिममा रहेको घेत्मा र बारेकोटको रतनकोटमा रहेको टावरमा दुई सातादेखि सेवामा समस्या आएको छ । बिहान र बेलुकी मात्र सामान्य काम गरे पनि दिउँसो फोनले काम नै नगर्ने वीरेन्द्र एश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले जानकारी दिए नेपाल टेलिकम जाजरकोटलाइ पटक पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनले गुनासो गरे । दुई सातादेखि घरमा फोन गर्न नपाएको भन्दै बारेकोट –४ का सुरेन्द्र सिंहले सामाजिक सञ्जालमा आक्रोश पाखेका छन ।
टावरमा समस्या आएको जानकारी पाएलगत्तै केन्द्रमा खबर पठाए पनि अहिलेसम्म मर्मतका लागि प्राविधिक नआएको नेपाल टेलिकम जाजरकोट शाखाले जनाएको छ । निजी सेवा प्रदायक कम्पनीका टावर यहाँ सञ्चालन नभएकाका कारण कसैलाई फोन सम्पर्क गर्न समेत मुस्किल भएको बारेकोट लिम्साका भीमराज सिंहले बताए । उनले टावरमा समस्या आएको हुँदा केही सामान्य खबर पुर्याउन पनि मान्छे नै जानु पर्ने बाध्यता रहेको बताए ।


दर्शन खबर । १६ कार्तिक २०७९, बुधबार