काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार धनगढी जाने भएका छन्ँ । गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी हुने क्रममा उनी बुधबार धनगढी जान लागेका हुन । उनले बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम दिउँसो साढे १२ बजे राखिएको छ । यस्तै कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभामा कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जनाएको छ। देउवाले १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्।
कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा तथा दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ।
देउवा सातौँ पटक डडेल्धुराबाट निर्वाचन लड्न लागेका हुन्। यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा विजयी भएका थिए। उनले २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि चुनाव जितेका थिए। देउवाविरुद्ध लामो समय देउवाकै स्वकीय सचिव रहेका नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत आठ उम्मेदवार मैदानमा छन ।



दर्शन खबर । १६ कार्तिक २०७९, बुधबार