एमालेको चुनावी घोषणा : पाँच वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता

काठमाडौँ नेकपा एमालेले आगामी चुनावको घोषणापत्र सार्वजनिक गरेको छ। प्रमुख प्रतिपक्षी दल एमालेले ३० कार्यक्रम र २४७ प्राथमिकता समेटिएको घोषणापत्र सार्वजनिक गरेको हो। चारवटा ‘स’लाई आधार मानेर घोषणापत्र तयार पारिएको छ। नेकपा एमालेले स्वदेशमै युवालाई रोजगारी दिने योजना अघि सारेको छ। दुई वर्षभित्र सबै स्थानीय तहमा सडकको पहुँच पु¥याउने रणनीति बनाएको छ।

होटल याक एण्ड यतीबाट सार्वजनिक भएको चुनाव घोषणापत्रमा ग्यारेन्टी गर्न सकिने कामहरुको सूची खुलाइएको छ।अध्यक्ष केपी शर्मा ओलीसहित एमाले पदाधिकारी राखेर घोषणापत्र सार्वजनिक भएको हो। एमालेले पाँच लाख नेपालीलाई रोजगारी दिने र न्यूनतम ज्याला २५ हजार दिने बताएको छ।

एमालेले पाँच वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ। समृद्धिसम्मको नाता सबैको बैंक खाता नारा समावेश गर्दै एमालेले २ वर्षमा सबैको बैंक खाता हुने प्रतिबद्धता व्यक्त गरेको छ।


तपाईको प्रतिक्रिया