एक हप्तापछि आज सरकारी कार्यालय खुल्दै

काठमाण्डौ – एक हप्ताको लगातार बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन् । अघिल्लो सोमवार अर्थात कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरु भएको सार्वजनिक बिदा हिजोसम्म कायम थियो । सोमवारदेखि शुक्रवारसम्म पाँच दिन तिहारको बिदा भयो । त्यसपछि अस्ति शनिवार र हिजो छठ पर्वको बिदा थियो ।

मधेस प्रदेशमा भने आज पनि छठको सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेशबाहेकका अरु ठाउँमा भने आजदेखि सरकारी कार्यालय खुल्न लागेका हुन् । यस्तै दशैँदेखि बिदा भएका शिक्षण संस्था पनि आजदेखि खुलेका छन् । दशैँ तिहारको बीचमा केही शिक्षण संस्था खुले पनि धेरै खुलेका थिएनन् ।

तपाईको प्रतिक्रिया