दैलेखमा बारुद पड्किँदा एक दम्पती घाइते

                                            फाइल तस्बिर

दैलेख – दैलेखमा बारुद पड्किँदा एक दम्पती घाइते भएका छन । दैलेखको नारायण नगरपालिका–६ भुर्र्तीमा फलामे पाइपमा भर्दै गरेको बारुद पड्किँदा २८ वर्षीय अर्जुन सार्र्की र उनकी श्रीमती २२ वर्षीया अञ्जु सार्की घाइते भएको प्रहरीले जनाएको छ । माछा मार्ने विस्फोटक पदार्थ बनाउन लाग्दा घरमै बारुद पड्किएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद शाहले बताए ।

घाइतेलाई दैलेख अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्याइएको उपरीक्षक शाहले बताए। प्रहरीले घटनास्थलबाट ९० ग्राम बारुद, ५७ वटा सलाईका बट्टा र दुई थान बम बनाउन प्रयोग हुँने फलामे पाइप सकेट बम बरामद गरेको छ ।


तपाईको प्रतिक्रिया