वनभाेज खान गएका दुई जना भेरीमा डुबेर बेपत्ता, खोजी कार्य जारी


सुर्खेत । वनभाेज खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । भेरीगंगा नगरपालिका वडा नम्वर २ स्थित समैजीघाटमा पिकनिक खान गएका २ जना युवाहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का अन्दाजी १८ देखी वर्षीय दिपक थापा र वर्षीय चन्द्र बिसी भनीने छवी बुढा रहेको प्रहरीले जनाकरी दिएको छ ।
शनिबार दिउसो २ बजेतिर भेरी नदीमा पौडी खेल्ने क्रममा नदीमा उनिहरु बेपत्ता भएको र उनिहरुको खोजी र्का भईरहेको प्रहरीकोे भनाई रहेको छ । उनिहरु तिहारमा देउसी भैलो खेली भेरी नदीमा पिकनिक खान गएका थिए ।


तपाईको प्रतिक्रिया