कर्णालीमा गठबन्धनको प्रदेशस्तरीय निर्वाचन परिचालन अनुगमन समिति गठन

सुर्खेत – कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय निर्वाचन परिचालन अनुगमन समिति गठन गरिएको छ। नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीको नेतृत्वमा नौ सदस्यीय कमिटी गठन गरिएको हो । उक्त समितिले गठबन्धनका पक्षमा जनमत तयार गर्नका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।

साथै गठबन्धनलाई जिताउनका‌ लागि सहजीकरण, अनुगमन लगायतका विषयमा समन्वय गर्ने छ। समितिमा कांग्रेसमा महामन्त्री कृष्ण रोकाया, निरञ्जन केसी,‌ समाजवादीका ठगेन्द्र प्रकाश पुरी, कृष्णबहादुर बिसी, माओवादीका प्रदेश सचिव धनजित बहादुर शाही रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चामा पूर्णबहादुर शाही रहेका छन्।


तपाईको प्रतिक्रिया