
सुर्खेत । मेहेलकुना बजारका विद्युतका पोलहरुमा अस्तव्यस्त रहेका ताहररु हटाउन मेहेलकुना बजार व्यवस्थापन समितीले सुचना जारी गरेको छ । शुक्रबार बजार व्यवस्थापन समितीले ३५ दिने एक सुचना जारी गर्दै ईन्टरनेट सेवा प्रदायक कम्पनी, केबल च्यानलहरु लगाएत बजारक्षेत्र भित्रका सबै नागरीकहरुलाई अनुरोध गर्दै सुचना जार िगरेको हो । मेहेलकुना बजार भित्रका विद्युतका पोलहरुमा अस्तव्यस्त झुण्ड्याएका तारहरुले आगलागी, करेन्ट लागी, तथा सवारी साधनहरु ओहोर दोहार गर्दा तारहरु चुटी दुर्घटना निम्तीन सक्ने भन्दै ३५ दिन भित्र व्यवस्थापन गर्न सरोकारवाला सबैमा अनुरोध गरेको हो । ३५ दिन भित्र तारहरु व्यवस्थापन नगरे बजार व्यवस्थापन समितिले कारवाही प्रक्रीया अगाडी बढाउने जनाएको छ ।



दर्शन खबर । ४ कार्तिक २०७९, शुक्रबार