आसन्न निर्वाचनका लागी प्रतिनिधिसभामा २५०२, प्रदेशसभामा ३४३६ उम्मेदवार

काठमाडौं । निर्वाचन आयोगले उमेदवारको पछिल्लो विवरण अद्यावधिक गरेको जनाएको छ ।
प्रतिनिधिसभामा अहिलेसम्म कुल २ हजार ५ सय २ जना उमेदवार रहेका छन् । जसमध्ये पुरुष २ हजार २ सय ६९ र महिला २ सय ३३ जना रहेका छन् भने प्रदेशसभातर्फ ३ हजार ४ सय ३६ रहेका छन् ।
जसमा पुरुष ३ हजार १ सय ३९ र महिला २ सय ९६ जना रहेका छन् । एकजना अन्य रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् ।

तपाईको प्रतिक्रिया