
काठमाडौँ । नवौँ राष्टिय खेलकुुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा कर्णाली प्रदेश नेपाल पुलिस क्लब संग पराजीत भएको छ ।
नेपाल पुलिस क्लब संग कर्णाली प्रदेश ६३ रनले पराजित भएको हो । पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १० दशमलव २ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको थियो ।
वर्षाले खेल प्रभावित भएपछि डीएलए मेथडका आधारमा पुलिस क्लबले ६३ रनले जित हात पारेको छ। कर्णाली प्रदेशले १० दशमलव २ ओभरमा १७ रन बनाएर ७ विकेट गुमाउँदा पानी परेपछि खेल रोकिएको छ। कर्णालीका कुुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
कर्णालीलाई कम स्कोरमा रोक्न पुलिस क्लबकी सवनम राई, संगीता राई, कविता जोशी, इश्वरी विष्ट र हिरनमाय रोयले समान १ विकेट लिए ।
त्यसअघि पोखरा रगंशालामा रहेको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो। ओसिलो मैदानका कारण खेल १६ ओभरमा छुट्टाईएको थियो ।
पुलिस क्लबले पहिलो विकेटका लागि काजल श्रेष्ठ र कविता कुँवरले ३३ रनको साझेदारी गरे । कविताले १४ बलमा ३ चौका हान्दै १६ रन जोडिन् । उनी अन्जु गुरुङको बलमा बोल्ड आउट भईन् ।
ओपनर काजल श्रेष्ठ १६ रन बनाउादा लामो सट खेल्ने धुनमा पवेलियन फर्किइन् । १६ बलको सामना गरेकी काजलले २ चौका हानिन्। पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रन थपिन् ।
२१ बलको सामना गरेकी उनले २ चौका हानिन्। रेवती धामी १४ रन बनाउँदा एलबीडब्लु धरापमा परिन् । अप्सरी बेगम ४ रनमा क्याच आउट भईन्। कविता जोशी ८ रनमा रन आउट भइन्। कप्तान रुविना क्षत्री ५ र संगीता राई ४ रनमा नटआउट रहे ।
कर्णाली प्रदेशका लागि अञ्जु तामाङ एक्लैले ३ विकेट लिइन् । उनले आफ्नो स्पेलमा २४ रन खर्चिइन्। बिना थापा र एञ्जिला क्षत्रीले समान १ विकेट झारिन् ।


दर्शन खबर । २४ आश्विन २०७९, सोमबार