भेरीगंगा १३ मा दशैँ विषेश शुभकामना संगै राहात वितरण कार्यक्रम सम्पन्न


सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्वर १३ रामघाटमा दशैँ विषेश शुभकामना आदान प्रदान संगै राहात वितरण कार्यक्रम गरिएको छ ।
वडा नम्वर १३ मा रहेका विपन्न, अपाङ्गता भएका र अशक्त ५१ जना नागरिकहरुका लागी चामल, दाल तथा नुन सहयोग गरिएको हो ।
वडा नम्वर १३ वडा अध्यक्ष गणेश बहादुर भण्डारीको पहलमा वडा अध्यक्ष भण्डारीको दशै खर्च वापतको १५ हजार र अन्य समाजसेवी हरुबाट गरी संकलन भएको कुल ८७ हजार ५ सय रकम बरावरको खाद्यान्न विपन्न नागरिकहरुलाई राहत स्वरुप वितरण गरिएको हो ।
विजया दशमी २०७९ को अवशरमा शुभकामना आदान प्रदान संगै गरिएको राहात वितरण कार्यक्रमा वडा अध्यक्ष भण्डारीले आफ्नो सेवा सुविधा समाज सेवामा लगाउने बताए । सबैको घर घरमा चाडपर्वको रौनक आएता पनी विपन्न नागरिकहरुको घरमा चुल्हो नबल्ने समस्यालाई राहात होस् भन्ने हेतुले वडा वासी समाजसेवीहरुको सहयोग र आफ्नो दशै भत्ता वापतको केही रकमले राहात प्रदान गरिएको वडा अध्यक्ष भण्डारीको भनाई रहको थियो ।

चाडपर्वको अवशरमा गरीने फजुल खर्चलाई कम गरी, विपन्न, अपाङ्गता भएका नागरिक तथा अशक्तहरुलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको वडा अध्यक्ष भण्डारीले बताए ।
राहात तथा खाद्यान्न सामाग्री बुझदै स्थानिय सितल कामिले चाड पर्वको समयमा पाहुना आउने र घरमा खाद्यान्न नहुदाँ गाउँमा माग्न जानु पर्ने विगतको बाध्यता अन्तय भएको र यस वर्ष खुशीयालीका साथ दशै मनाउ पाईने भन्दै खुशी व्यक्त गरिन् ।
कार्यक्रमा सहभागी जेष्ठ नागरिक कालुराम टमटाको अध्यक्षतामा भएको कार्यक्रममा ईन्जीनियर नरेस खड्का, समाजसेवी चन्द्र भण्डारी,समाजसेवी तेज प्रकाश जिसी लगाएत स्थानिय नागरिकहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण समाजसेवी टेक बहादुर रावतले गरेका थिए ।

तपाईको प्रतिक्रिया