बर्षात कारण अवरुद्ध लेक मालारानी गुफा सडक सञ्चालनमा

हुम बहादुर कार्की 

सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्वर २ स्थित बर्षातका कारण अवरुद्ध लेकमालारानी गुफा सडक संचालनमा आएको छ ।
साथै गुर्भाकोट नगरपालीका वडा नम्वर २ को अगुवाईमा गाउँ टोलका शाखा सडकहरु पनि मर्मत सुरु गरिएको छ ।
अवीरल बर्षातका कारण लेकमालारानी गुफा सडकका विभिन्न स्थानमा पहिरो र खाल्डाखुल्डी भएका कारण सडक अवरुद्ध भएको थियो हाल बर्षातका कारण रोकिएको सडक मर्मत पश्चात चाडपर्वमा आवतजावत गर्न र गुफा जाने भक्तालुहरुलाई सहजता हुने अपेक्षा गरिएको छ । साथै गुर्भाकोट २ का सम्पुर्ण शाखा सडक हरु पनि मर्मत तथा सोरसार कार्य अघि बढाएको गुर्भाकोट २ का वडा अध्यक्ष नोख बहादुर वलिले जानकारी दिए । भौगोलिक तथा बर्षातका कारण गुफा जाने सडक अवरुद्ध भई नागरिकहरुमा पर्न गएको असर प्रती अध्यक्ष वलिले क्षमायाचना संगै दुख व्यक्त गर्नु भएको छ ।

गुफा जाने सडक सन्चालन भए संगै लेकमालारानी गुफा अवलोकन तथा दर्शन गर्न जाने भत्तालु श्रद्धालु महानुभाब यातायात मार्फत आवतजावत गर्दा आरामदायी तथा सुरक्षित यात्रा गर्न कार्यपालिका सदस्य राधा ढकालले अनुरोध गरेकी छन् ।
यस गुफा सुर्खेतको पुर्वी क्षेत्र गुर्भाकोट २ मा रहेको छ । मुख्य सडक देखि पैदल यात्रा गर्दा करिब ४५ मिनेट उत्तरतर्फ जान सकिन्छ १ गुफा धेरै ठूलो रहेको छ साथै यस भित्र विभिन्न आकर्षक आकृतीहरु लगायत भगवान हरु को मुर्ती रहेका छन र हरेक बर्ष शिवरात्रीको अवसरमा धार्मिक मेला पनि लाग्दै आएको गुफा समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया