सुर्खेतमा ४ सय २२ जना डेंङ्गुबाट संक्रमित, प्रदेशभर ५ सय ४१


सुर्खेत । कर्णाली प्रदेशमा ५ सय ४१ जना डेंगीका सक्रिय बिरामी रहेको प्रदेश स्वास्थ सेवा निर्देशनालय वीर्न्द्रनगरले जनाएको छ । बिहीबार डेंगी रोग नियन्त्रण सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रदेश स्वास्थ सेवा निर्देशनालय वीरेन्द्रनगर, सुर्खेते यस्तो जनाएको हो ।
जसमा सबैभन्दा धेरै डेंगीबाट संक्रमित सुर्खेतमा भएका छन । सुर्खेतमा ४ सय २२ डेंङ्गु रोगबाट संक्रमित छन्, भने सल्यानमा २२ जना जुम्लामा २२ जना, कालिकोटमा २१ जना र दैलेखमा १४ जना संक्रमित छन ।
त्यस्तै रूकुम पश्चिममा १८ जना, हुम्ला र डोल्पामा १÷१ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतले डेंगी रोग नियन्त्रण फोकल प्रसन श्याम आचार्यले बताए ।
सुर्खेतमा पनि वीरेन्द्रनगर क्षेत्र डेंगी संक्रमणको रेडजोनमा रहेको छ।वीरेन्द्रनगरमा हालसम्म २०० भन्दा बढी डेंगी बाट संक्रमित छन् ।

यस्तैबीच डेंगुरोग नियन्त्रण सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया एवम् छलफल कार्यक्रम गरेको छ।कार्यक्रम प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर केएन पौडेलले डेंगी मच्छर नियन्त्रण र विरामीलाई झुलभित्र राखेर उपचार गरेर गर्नुपर्ने बताए। डेंगी रोग पोथी मच्छरको टोकाइकाट सर्ने रोग हो। संक्रमितलाई टोकेको मच्छरले अन्य व्यक्तिलाई टोकेमा डेंगी रोग फैलिने गर्छन। गएको आर्थिक बर्षमा कर्णाली प्रदेशमा १४ जना प्रदेश बाहिरकासहित ७९६ जना संक्रमित भएका थिए।


तपाईको प्रतिक्रिया