आज विश्व मुटु दिवस, मुटुको रक्षा गर्न के गर्ने ?

सुर्खेत । आज विश्व मुटु दिवस, हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर मुटु दिवस मनाइन्छ । नेपालमा कुल जनसंख्याको २५ प्रतिशत अर्थात ७६ लाख भन्दा बढी मानिस मुटुरोगी भएकोे अनुमान छ ।
जुन संख्या हरेक वर्ष बढ्दो क्रममा छ । बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको संख्या बढिरहेको चिकित्सकहरू बताउँछन् । नेपालमा हरेक वर्ष ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य संठगठनका अनुसार नेपालमा १८ वर्ष माथिका ३५ प्रतिशत मानिसमा उच्च रक्तचाप र २५ प्रतिशतमा उच्च कोलस्टेरोलको समस्या छ । मुटु रोगका कारण हृदयघात हुने सम्भावना हुन्छ । नियमित शारीरिक अभ्यासको कमी खानपानको ध्यान दिन नसक्दा यो समस्या बढ्दो क्रममा छ ।

 

मुटुको रक्षा गर्न के गर्ने ?

मुटु सम्बन्धी रोगबाट बच्न सबैभन्दा उत्तम उपाय भनेकै स्वस्थ जीवनशैली अपनाउनु हो । त्यसका लागि स्वस्थ खानेकुरा खाने, नियमित शारीरिक व्यापाम गर्ने, शरीरको तौल नियन्त्रणमा राख्ने, धुम्रपान र मद्यपान नगर्ने, आफ्नो कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा राख्ने र मानिसक तनाव व्यवस्थापन गर्न सकियो भने मुटु सम्बन्धी रोगबाट बच्न सकिन्छ ।
खानपानमा विशेषगरी चिल्लो पिरो, बोसो, भुटेको, तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने जस्ता कुरामा ध्यान दिनुपर्छ ।
त्यस्तै, मधुमेहलाई नियन्त्रण गर्ने तथा सन्तुलित आहारको छनोट गर्न सकियो भने मुटुसम्बन्धी रोगबाट बच्न सकिन्छ ।
मुटुको स्वास्थ्यमा ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदयघात रोगीको आकस्मिक मृत्यु रोक्न सकिने चिकित्सकहरूको भनाइ छ ।


तपाईको प्रतिक्रिया