सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउँदै कांग्रेस

 


काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने तयारी गरिरहेको छ ।
कांग्रेसले पहिलोपटक प्रदेश संरचनागत निर्वाचन घोषणापत्र बनाउन लागेको हो ।
केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको बताउनुभयो ।

सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ ।
केन्द्रीय घोषणापत्र तयारी समितिको बैठकले प्रदेशको समन्वय गर्ने गरी सात जनालाई जिम्मेवारी दिएको छ ।


तपाईको प्रतिक्रिया