अबैध पेस्तोल सहित जाजरकोटबाट एक जना पक्राउ

जाजरकोट । नलगाड नगरपालिका वडा नम्वर ५ सिर्के बाट ५ राउण्ड गोली भएको पेस्तोल र प्लास्टिक हेण्ड ग्रिनेट सहित १ जना पक्राउ परेका छन् ।
अवैध हतियार बोकेर हिडेको गोप्य सुचनाको आधारमा नलगाड नगरपालिका वडा नम्वर ५ ऐरारी बस्ने ईन्द्र बहादुर शाहीलाई बुधवार जाजरकोट प्रहरी कार्यालयबाट खटिएको प्रहरीटोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
शाहीको शरिर खानतलासी गर्दा ५ राउन्ड गोली भएको एक थान पेस्तोल र तयारी अवस्थामा रहेको पलास्टीक ग्रीनेट फेला परेको प्रहरीले जनाएको छ । शाहीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत जाजरकोटबाट सात दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया