दुर्गा विसि सल्यान : विद्यार्थीसँग अखिल (क्रान्तिकारी) मुल अभियानका साथ सल्यान अखिलले हिजो (मंगलवार) बनगाड कुपिण्डे नगरपालिकाको वडा १२ मा रहेको सिद्धेश्वरि माविमा मुल एकाइ कमिटी गठन गरेको छ ।अखिल सधैं विद्यार्थीको सारथि हो भन्ने मुल मन्त्रका साथ जिल्ला भर अखिलले अभियानलाई व्यापकता पारेको विद्यार्थी अखिल (क्रान्तिकारी) प्रदेश सचिव ठगेन्द्र पुनले वताए ।
सल्यानकै भौगोलिक रुपमा विकासमा पछि पारिएको,राज्यको नजर नपरेको सो विद्यालयमा पुगेर अखिलले विद्यार्थी तथा विद्यालयको यावत समस्या प्रती चासो व्यक्त गरेको छ । सिद्धेश्वरि मा.विमा खिमा वलीको अध्यक्षतमा ५५ जनाको सदस्यतामा मूल एकाई कमिटी निर्माण गरेको छ । अखिल (क्रान्तिकारी) यतिखेर विद्यार्थीका तामम समस्याको निराकरण गर्ने कुरामा चनाखो समेत वनेको जनाएको छ ।
इकाई कमिटी मात्रै गठन नगरेर अखिलले सल्यानको शिक्षाको गुणस्तरीयता र सर्वशुल शिक्षा प्रती सबै सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने गरेको अखिलका निर्वाचन क्षेत्र नम्बर (क) संयोजक तथा नगर अध्यक्ष अजय विष्टको भनाइ रहेको छ ।
अखिल सधैं विद्यार्थीको तमाम समस्याका माझमा रहेर काम गरिरहेको समस्या पर्दा आवश्यक कठिनाइ मोल्न सक्ने कुरामा तत्तपर रहेको जनाएको छ ।कार्यक्रममा जिल्ला कमिटी सदस्य गीत पुन लगाएतका वक्ताहरुले विद्यार्थी माझ धारणा राखेका थिए ।


दर्शन खबर । ५ आश्विन २०७९, बुधबार